Sunday, January 29, 2023

डोकेनी लाकको मिथक

 


गोपाल देवान


आफ्नै मौलिक संस्कृतिहरुको धनी किरात याक्खा जातिको विशिष्ट सांस्कृतिक पहिचान हो–डोकेनी लाक अर्थात् साङदाङ लाक । पूर्वी नेपालको संखुवासभा जिल्लालाई आफ्नो ऐतिहासिक पितृ–मातृ भूमि मान्दै बहुसङ्ख्यामा बसोबास गर्दै आइरहेका किरात याक्खा जातिमा डोकेनी लाक तिहारको लक्ष्मी पूजाको रात र त्यसको भोलिपल्ट गरी वर्षको दुई दिन नाचिन्छ ।

 

यस नृत्यमा याक्खा महिलाहरुले मात्र भाग लिन्छन् । याक्खा महिलाहरु डोको  (साङदाङ) भित्र पसी बसेर घरघर गई नाचिने नृत्य नै डोकेनीलाक अर्थात् साङदाङलाक हो । यो नृत्य नेपालका अरु कुनै पनि आदिवासी समुदायले नाच्दैनन् । त्यसैले डोकेनीलाकलाई याक्खा जातिको विशिष्ट सांस्कृतिक पहिचान मान्न सकिन्छ । 


डोकेनी लाकमा डोकोलाई खोप्टो पारी त्यसमाथि कपडा वा बोराबाट कम्मरमाथिको कृत्रिम शरीर र याक्खा महिलाको अनुहारसहित शिर बनाइन्छ, जसमा याक्खा महिलाको अनुहार आकृति चित्रण गरेर त्यसलाई याक्खा वाप्मालेङ (गरगहनाहरु) ले सजाइन्छ । पहिले पहिले त्यस्ता याक्खा गरगहनाहरुमा पाकेको भोगटेको बोक्राबाट लुङ्ची (चेप्टे सुन, कर्णफूल), साम्याङ्फुङ (शिरफूल), ताङ्छुम्ल्याङ (शिरबन्दी), नाबुफुङ (ढुङ्ग्री), याचुनासिङ (बुलाकी) र वन अमलाबाट गलामा लगाइने कण्ठ बनाएर लगाइन्थ्यो । तर आजभोलि पित्तल वा कृत्रिम गहनाहरु नै लगाइने गरिन्छ । त्यसरी, डोकोमाथि बनाइएको याक्खा महिलाको प्रतिरुपलाई याक्खा समुदायमा ‘साङदाङराङ्मा’ मान्ने गरिन्छ, जसको अर्थ खस नेपाली भाषामा ‘धनकी देवी–लक्ष्मी’ भन्ने हुन्छ ।   


डोकोमाथि साङदाङराङमा बनाइसकेपछि त्यसलाई फरिया, चोली र याक्खा महिलाले लगाउने विशेष प्रकारको बुट्टावाल पछयौरी–फोप्मा ओढाइन्छ र त्यसपछि डोकोभित्र याक्खा महिला पसेर नाच्ने गरिन्छ । डोकेनी लाक याक्खालेनका याक्खा वस्ती र घरघरमा ‘ओम्माङ्बा’सगै नचाइन्छ । ओम्माङ्बा भनेको याक्खा जातिमा खेलिने द्यौसी हो । त्यसरी, नाच्ने क्रममा याक्खा बूूढाबूढीहरुले डोकेनीलाई ‘साखीआक्माना’ अर्थात् तान बुन्ने प्रक्रियाबारे विभिन्न प्रश्नहरु सोध्ने गर्छंन् । त्यसबेला डोकेनी बनेकी याक्खा महिला पात्रले जवाफस्वरुप लट्ठीको कृत्रिम हातद्वारा विविध मुन्द्रा बनाई तान बुन्दा अपनाइने प्रक्रियाहरु प्रदर्शन गर्ने गर्दछिन् । जस्तै : धागो कातेको, चर्का चलाएको, तान बुनेको आदि । यो कुराले याक्खाहरु समाज–विकासको क्रमलाई दर्शाउँछ, यसलाई याक्खा मानव–समाज कृषियुगबाट क्रमश: कुटिर उद्योगतर्फ संक्रमण हु“दै गरेको अवस्थालाई सङ्केत मान्न सकिन्छ ।

 

डोकेनी लाकमा एकजना डोकोभित्र पसेर डोकेनी बन्छिन् भने अर्की एक जना महिला अनुहारमा दार्ही जुङ्गा बनाई पहिरन पनि अनौठो हा“स्य स्वरुपको लगाएर पुरुषको भेषमा ‘छेमखुवा’ (ढटुवारे) बन्ने गर्दछन् । छेमखुवाले डोकेनीको संरक्षण गर्नुका साथै विभिन्न हा“स्य अभिनय तथा मुद्रा बनाएर दर्शकहरुलाई पेट मिची मिची ह“साउने र डोकेनीका लागि पैसा माग्ने गर्दछ । डोकेनी लाक पूर्णरुपले विनोदप्रिय र हा“स्यप्रधान नृत्य हो । यो नृत्यमात्र नभई याक्खा जाति समुदायमा लोकनाट्य पनि हो, जसमा अभिनय तत्व पनि निहित रहेको छ र नृत्यको क्रममा विभिन्न प्रकारका हाँस्यात्मक अभिनयहरु गरिन्छन् । याक्खा जातिको लोकनाट्यसमेत मान्न सकिने यस नृत्यमा ‘छेमखुवा’ बनेका महिलाले अनुहारमा मकुण्डो लगाएकी हुन्छिन्, जसले गर्दा दर्शकहरुले उनीहरु को हुन् ? भन्ने कुरा कसैले थाहा पाउन सक्दैनन् । यस नृत्यको हा“स्यात्मक प्रसङ्गहरुमा छेमखुवाले अश्लील हर्कतहरु पनि गर्ने गर्दछन्, जसलाई याक्खा समुदायमा हाँस्य प्रसङ्गको रुपमा सहजै लिने गरिन्छ । यस नृत्यमा महिलाले मात्रै भाग लिनुपर्ने बाध्यता रहेको हुन्छ । किन महिलाले मात्रै भाग लिन्छन् र कसरी डोकेनी नृत्यको शुरुवात भयो भन्ने सन्दर्भमा डोकेनी लाकको उत्पत्ति–कथा अर्थात् मिथकलाई बुझ्नु आवश्यक हुन्छ ।    


याक्खा अग्रजहरुले सुनाउने किम्बदन्ती अर्थात् मिथक (पुराकथा) अनुसार परापूर्वकाल, उहिलेमा उहिले धेरै नै उहिलेको कुनै एक कालमा याक्खालेनमा काङ्बाकाङ्सेरेन . उलिप्पातेन१ भन्ने एउटा पुरानो गाउ“ थियो । त्यस याक्खा गाउ“मा एकपटक अचानक भीषण बर्षा भयो । त्यो भीषण वर्षा सात रात र सात दिनसम्म एकनासले, अविरलरुपमा भएको थियो । त्यस भीषण एवं अविरल बर्षाका कारण काङ्बाकाङ्सेरेन . उलिप्पातेनमा ठूलो विनाशकारी बाढीपहिरो गयो । त्यस विनाशकारी बाढीपहिरोले याक्खाहरुको घरगोठ, खेतीपाती गर्ने भूमिलगायत गाउ“ र मान्छेहरु नै बगाएर लग्यो, जसबाट याक्खाहरुले अकथनीय धनजनको क्षति ब्यहोर्नु परेको थियो । याक्खाहरु ठूलो सङ्ख्यामा घरबारविहीन हुन पुगे । ठूलो बिचल्नीमा परे । भीषण अनि विनाशकारी बाढीपहिरोमा परेर बचेका तथा बिचल्नी परेका याक्खाहरुले एक ठाउ“मा भेला भएर आफ्नो समुदायको उद्धारका लागि ‘साङ्दाङराङमा’ (धनकी देवी) लाई ‘सेवानाक्माहा’ (हारगुहार) गरे । 


आफ्नो अनन्य भक्त याक्खाहरुको सेवानाक्माहा सुनेर के आपत्विपत् आइलागेछ ? भनी साक्षात् ‘साङ्दाङ्राङ्मा’ याक्खाहरुको उक्त वस्तीमा प्रकट भइन् । त्यसरी प्रकट भएर उनले याक्खा वस्तीको निरीक्षण गरी हेर्दा याक्खाहरुमाथि बाढीपहिरोको असहनीय प्राकृतिक प्रकोपको मार परेको देखिन् र याक्खाहरुको बिचल्नी देखेर साक्षात् ‘साङ्दाङराङमा’’ द्रवीभूत् भइन् । त्यसपछि, साङ्दाङराङमाले के कारणले याक्खाहरुमाथि यतिबिघ्न ठूलो प्राकृतिक प्रकोपको मार पर्न गएछ ? भनी बुझ्न ‘राजीराङमा’ (प्रकृत्तिकी देवी) लाई घटनास्थलमा बोलाइन् । साङ्दाङराङमाको बोलावट सुनेर ‘राजीराङमा’ पनि घटनास्थलमा प्रकट भइन् । साङ्दाङराङमाले विनाशकारी प्राकृतिक प्रकोपको घटनाबारे उनीसित सोधनी गरिन् : 


“राजीराङ्मा, तिमी नै प्रकृतिसम्बन्धी देवी हौं, प्रकृतिका सबै क्रियाकलापहरुबारे जानिफकार छौं र प्रकृतिका परिचालक पनि हौं । तिमी नै भन त, यी लाटासीधा याक्खाहरुमाथि किन यस्तो प्राकृतिक विपत्ति आइलागेको हो ?” 


साङ्दाङराङमाको प्रश्नको जवाफ दिँदै राजीराङमाले भनिन्–“याक्खाहरुमाथि मैले नै यो विपत्ति थोपरेको हुँ ।”


साङ्दाङराङमाले थप प्रश्न गरिन् :

“तिमीले किन यस्तो विपत्ति दियौ त ? के बिराम गरे र याक्खाहरुले ?”

 

राजीराङमाले साङ्दाङराङमालाई अब यसरी बेलीविस्तार लाउन थालिन्–“याक्खाहरुमा केही समयदेखि प्रकृतिको नियम मिच्ने, प्रकृतिलाई नै मास्ने गरी जथाभावी रुखपात काट्ने विकृति बढ्दै गएको हुँदा चेतावनीको रुपमा मैले यो प्राकृतिक प्रकोप थोपरेको हु“ ।” 


राजीराङमाले याक्खाहरुमा प्रकृतिको नियमविपरित वनविनाश गर्ने प्रवृत्ति बढ्दै गएको, याक्खा समुदायमा अन्न मासेर जाँडरक्सीको प्रचलन तीव्र हुँदै गएको र सबैभन्दा ठूलो विकृति आफ्नै रक्तसम्बन्ध (हाडनाता) मिचेर बिहेबारी शुरु गरेको पनि औल्याइन् ।२ उनले अन्नलाई कुहाएर मद बनाई मद्यपान बढी मद्यपान गर्नु र रक्तसम्बन्धलाई नाघेर बिहे गर्नुलाई पनि प्रकृतिको नियमविपरित भएको जिकिर गरिन् । 


राजीराङमाको स्पष्टिकरणरुपी बयान सुनिसकेपछि साङ्दाङराङमा गम्भीर भइन् र याक्खा समुदायमा प्रकृतिविरोधी गलत प्रवृत्ति बढेको, साथै अन्य विकृतिहरुसमेत बढेकोमा चिन्तित पनि भइन् । उनले याक्खाहरुलाई नै सोधे–“के राजीराङ्माको कुरा सही हो त ? के तिमीहरु आफूहरुमा प्रकृतिविरोधी प्रवृत्ति र विभिन्न विकृति बढेको स्वीकार गर्छौ त ?”

 

त्यहा“ भएका याक्खाहरु कोही बोलेनन् । सबैले गल्तीको महसुस गर्दै उधोमुण्टो लाइरहे । त्यसको अर्थ याक्खाहरुमा विकृति बढेको र उनीहरुले प्रकृतिविरोधी अपराध–गल्ती गरेको भन्ने कुरा साङदाङराङमाले बुझिन् । त्यसले गर्दा साङ्दाङराङमा केही बेर झन् गम्भीर हुन पुगिन् । तर, उनी आफ्ना अनन्य भक्त याक्खा समुदायको बिचल्नी र उनीहरुमाथि पर्नगएको विनाशकारी प्राकृतिक प्रकोपको मारबाट द्रवीभूत् पनि थिइन् । त्यसैले, उनले याक्खाहरुलाई प्रकृतिको नियम मिच्ने र जथाभावी प्रकृतिविरोधी कार्य गर्ने प्रवृत्तिलाई त्याग्न र आइन्दा समुदायमा शुरु भएका विभिन्न विकृत्तिहरुलाई नदोहर्‍याउन बचनबद्धता गर्न आदेश गरिन् । साङदाङराङमाको आदेशलाई सबै याक्खाहरुले एकस्वरले आत्मस्वीकार गर्दै बचनबद्धता गरे र दुबै देवीहरुसित माफी माग्दै विनाशकारी प्राकृतिक प्रकोपको मारबाट उत्पन्न बिचल्नीबाट पारमुक्ति लगाउन बिन्ती पनि बिसाए । 


याक्खाहरुको बिन्तीलाई मध्येनजर गर्दै साङ्दाङराङमाले राजीराङमासित अब कसरी बिचल्नीमा परेका याक्खाहरुको उद्धार गर्ने ? भन्ने विषयपट्टि विचारविमर्श गर्न लागिन् । याक्खाहरुले धनकी देवी साङ्दाङराङमाद्वारा सीधै धन प्रदान गरेर आफ्ूहरुको उद्धार गर्न विनम्र अनुरोध गरेका थिए । तर, त्यस विषयमा दुवै देवीहरुले गोप्य सल्लाह गरेर यस्तो निष्कर्ष निकाले–“याक्खाहरुलाई सीधै धनसम्पत्ति प्रदान गर्नु हु“दैन । किनकि, त्यसरी सीधै धनसम्पत्ति दिएको खण्डमा उनीहरु अल्छी, अमेहनेती र स“धै अर्काकै मुख ताक्ने हुन जानेछन् । त्यसैले आपत्विपत् पर्दा एकअर्कालाई सहयोग गर्ने बानी बसाल्न र आपसमा सहयोग बटुलेर बिचल्नीबाट मुक्ति पाउन केही जुक्ति निकाल्नु पर्छ ।”


  त्यस्तो जुक्ति के हुन सक्दछ ? भनेर दुबै देवीहरु गम्भीर भएर आपसमा विचारविमर्श गर्न फेरि जुटे । केही बेरको विचारविमर्शपछि उनीहरुले मनोरञ्जनात्मक कार्यक्रमसहित गाउ“गाउ“मा सहयोग संकलन गर्ने अभियान सञ्चालन गर्नुपर्ने निचोड निकाले र सोही कुरा याक्खाहरुलाई सुनाए । देवीहरुको कुराप्रति याक्खाहरुले आनाकानी गरे किनकि उनीहरुको चाहना कुनै मेहनत नगरी साङदाङराङमाद्वारा सीधै धनसम्पत्ति प्राप्त गर्ने थियो । उनीहरुले आफ्ना त्यही माग नै दोहोर्‍याए । तर, दुवै देवीहरुले त्यसरी सीधै धन सम्पत्ति दिँदा हुने खराबीहरुबारे याक्खा समुदायलाई राम्ररी सम्झाएर स्पष्ट पारेपछि मनोरञ्जनात्मक कार्यक्रमसहित गाउ“गाउ“मा सहयोग संकलन गर्ने कुरामा सबैे याक्खाहरु राजी भए । राजी भएका याक्खाहरुले दुबै देवीहरुसमक्ष एउटा शर्त राखे । याक्खाहरुको शर्त थियो, “त्यसरी मनोरञ्जनात्मक कार्यक्रमसहित गाउ“गाउ“मा सहयोग संकलन गर्ने अभियानमा दुबै देवीहरु पनि सहभागी हुनुपर्छ ।”

 

याक्खाहरुको शर्तबाट दुबै देवी बिलखबन्दमा परे र आपसमा मुखामुख गर्दै केही बेरसम्म अन्यौलग्रस्त भए । किनकि, याक्खाहरुको शर्तले साङ्दाङराङमा र राजीराङमालाई अप्ठ्यारोमा पारेको थियो । सहयोग संकलन अभियानमा सम्लग्न हुन कुनै भारी बात थिएन । तर त्यसरी खुलेरै सम्लग्न हुँदा सबैले प्रत्यक्षरुपमा चिनेर धनसम्पत्ति माग्ने र अरु पनि विभिन्न प्रकारका मागहरु गर्ने अवस्था आउन सक्थ्यो । त्यसैले, अभियानमा सहभागी होउँ त यस्तो समस्या सिर्जना हुने डर, फेरि सहभागी नहोउँ त बिचल्नीमा परेका याक्खाहरुको मन खिन्न हुने पीर र चिन्ताले दुवै देवीहरु अप्ठ्यारो स्थितिमा फस्न पुगेका थिए । त्यसपछि फेरि दुबै देवीहरुले आपसमा सल्लाह गरेर आफूहरु अभियानमा सहभागी हुने त हुने तर उनीहरु रुप फेरेर वा लुकेर कसैले नचिन्ने गरी मात्र सहभागी हुने याक्खाहरुलाई बताए । 


“त्यस्तो कसरी हुन सक्छ ?” याक्खाहरुले प्रश्न गरे ।

 

साङ्दाङराङमाले आफू कसैले नदेख्ने गरी डोकोभित्र पसेर नाच्ने र आफूलाई कसैबाट दुव्र्यवहार नहोस् भन्ने हेतुले सुरक्षाका लागि ‘राजीराङमा’ ले पुरुषको भेष बदली कसैले नचिन्ने गरी अनुहारमा मुकुण्डो लगाएर छेमखुवा (ढटुवारे) बन्ने बताइन् । याक्खाहरु सो कुरामा सहर्ष राजी भए । दुबै देवीहरु र सबै याक्खाहरुको सल्लाहअनुसार प्रकृतिविरोधी प्रवृत्तिको अन्त्य गर्दै विकृतिहरुलाई कालोपक्ष मानी त्यसको विरुद्ध उज्यालोको प्रार्थना गर्र्न औँसीको रात  (पछि संयोगले हिन्दूहरुको लक्ष्मीपूजाको दिन पर्न गएको) मा ‘ओम्माङबा’  खेल्ने निधो पनि भयो । याक्खा भाषामा ओम्माङबाको अर्थ संस्कृतको ‘तमोसोमा ज्यातिर्गमय’ सँग मिल्न जान्छ, अर्थात् अँध्यारोबाट उज्यालोतर्फ लैजाऊ !


त्यस प्रकारले साक्षात् साङ्दाङराङमा डोकोभित्र पसी नाच्ने नाच भएकोले सो नाचलाई डोकेनीलाक (साङदाङलाक) भनियो । साक्षात् साङदाङराङमा र राजीराङमा देवीहरु नै कसैले नचिन्ने गरी सहभागी भएकाले डोकनीलाकमा महिलाहरुमात्र डोकोभित्र पसेर नाच्ने वा पुरुषको भेषमा मकुण्डो लगाएर छेमखुवा बन्ने बाध्यकारी संस्कार बसेको हो । यसरी डोकेनी र छेमखुवा बन्ने पात्रहरुले कहिल्यै अनुहार देखाउदैनन् । को डोकेनी र को छेमखुवा बनेको हो ? भन्ने कुरा नाच टोलीका खास व्यक्तिलाई बाहेक अरुलाई थाह हु“दैन र कसैले चिन्न सक्दैनन् ।

  अद्यापि डोकेनीलाकमा महिलाहरुमात्रै डोकेनी र छेमखुवा बन्ने प्रचलन रहेको छ । तर अचेल महिला कलाकार वा पात्रको अभावका कारण पुरुषहरु नै डोकेनी र छेमखुवा बन्ने गरेको पनि पाइन्छ, जुन मिथकविपरित कुरा हो । यस कुरालाई सुधार्न, यस विशिष्ट याक्खा नृत्यनाटिकालाई पुस्ता–हस्तान्तरण गर्न र अझ सबल बनाउँदै याक्खा संस्कृति संरक्षण गर्नका लागि याक्खा नवपीढीका युवा–युवतीहरुलाई डोकेनीलाकको तालिम दिई महिला डोकेनी र छेमखुवा पात्रहरु सिर्जना गर्नु आवश्यक देखिन्छ । 


माथि वर्णित डोकेनीलाक अर्थात् साङदाङलाकको रोचक मिथकले याक्खाहरुको विशिष्ट सांस्कृतिक पहिचानरुपी डोकेनीलाकको उत्पत्ति र त्यसमा महिलाहरुको मात्र सहभागिता हुनुपर्ने बाध्यतालाई स्पष्ट पारेको पार्दछ । तिहारको औसीको रात (लक्ष्मीपूजा)मा प्रदर्शन गरिने डोकेनीलाक एकातिर मनोरजञ्नात्मक किसिमले सहयोग संकलन गरिने अभियान हो भने अर्कोतिर यो याक्खा जातिमा महिला स्वतन्त्रताको प्रतीक र याक्खा समुदायमा व्याप्त विकृतिहरुविरुद्धको अभियान पनि हो । 


यस नृत्य वा नृत्यनाटिकामा छेमखुवा बनेकी राजीराङमारुपी महिला पात्रले तासजुवा वा रक्सी–जा“डजस्ता विकृतिहरुमा लिप्त भइरहेका याक्खा पुरुषहरुविरुद्ध तासजुवाको खाल नै उठाइदिने, खालको सबै पैसा खोसिदिने, खेदाउने र नमानेमा लात्तीमुड्कीले हिर्काएर भौतिक ‘कार्वाही’ समेत गर्ने गर्दछिन् । त्यसो गरिँदा आफ्नै पति भए पनि विकृतिमा लिप्त रहेको भेटिएमा कुटपीट गर्न वा लात्तीमुड्कीले हिर्काउने स्वतन्त्रता छेमखुवालाई हुन्छ । उक्त कार्वाही गरिँदा मनमा कुनै तुष, क्रोध वा कुनै रीसइबी लिइँदैन किनभने ‘त्यसलाई साक्षात् राजीराङमाद्वारा चेतावनी दिइएको हो’ भन्ने विश्वास याक्खा समुदायमा रहिआएको छ । 


डोकेनीलाकमा छेमखुवाले कुनै व्यक्तिलाई समाएर पैसा मागेपछि नदिइञ्जेलसम्म छोड्दैन । विभिन्न हा“स्यात्मक अभिनय र क्रियाकलापहरु गर्दै, फकाउ“दै, डोकेनीलाई देखाएर मूकअभिनयबाट ‘मेरी स्वास्नी गर्भिणी छ, उनलाई ख्वाउनु पर्नेछ, सुत्केरी निखन्नलाई केही पैसा देऊ न’ भन्दै जसरी भए पनि पैसा असूल गरिछाड्ने गर्दछिन् । 


यसरी, डोकेनीलाकबाट उठेको पैसा अद्यापि सामाजिक उद्धारका कामहरुमा लगाइने गरिन्छ । याक्खा वस्तीहरुमा डोकेनीलाकसहित खेलिएका ओम्माङ्बाबाट संकलित रकमबाट आज पनि असहाय याक्खा परिवार, विद्यार्थीलाई सहयोग गर्ने, गाउ“मा बाटोघाटो र कुलो निर्माणमा प्रयोग गर्ने र पुल–पुलेसो हाल्ने काममा खर्च गर्ने गरिँदै आएको छ ।

 

डोकेनीलाई याक्खा समुदायले साङदाङराङमा अर्थात् धनकी देवी–लक्ष्मीको रुपमा मानी पूजा गर्दछन् । यहा“ हिन्दूधर्मकी धनकी देवी–लक्ष्मीस“ग किरात याक्खाहरुको ‘साङदाङराङमा’ कसरी सामीप्य हुन पुग्यो ? भन्ने प्रश्न उठ्छ । यसै कारण, डोकेनीलाकलाई याक्खाहरुको विशेष सांस्कृतिक पहिचान कसरी हुन सक्छ ? भन्ने झिनो आशंका पनि गरेको पाइन्छ । पहिलो कुरा त, परापूर्व काल अर्थात् हाम्रा च्याब्जु बाजेबोजूहरु र त्यसभन्दा अगाडिदेखिको पीढीबाट आजसम्म याक्खालेनका वस्तीहरुमा याक्खाहरुले नाच्दै आएकोले डोकेनीलाक याक्खाहरुको विशिष्ट सांस्कृतिक पहिचान हो भन्ने पर्याप्त आधार मिल्दछ भने केही भारतीय नृतत्व विद्वान वा समाजशास्त्रीहरुले धनकी देवी–लक्ष्मी (अर्थात् साङ्दाङ्राङमा) याक्खा संस्कृतिकै उपज भएको र हिन्दूधर्ममा याक्खा संस्कृतिकै देनस्वरुप आङ्गिकार गरिएको हो ।  


आजको हिन्दूधर्ममा जे जति देउता र देवीहरु छन्, प्राचीन कालमा हिन्दू धर्ममा थिएनन् । भारतीय लेखक राजीवकुमार ‘राजीव’ द्वारा लिखित ‘विश्व प्रसिद्ध धर्म, मत और सम्प्रदाय’ नामक पुस्तकमा उल्लेख भएअनुसार शुरुमा ईरानेली आर्यहरु सिन्धुक्षेत्रमा आउ“दा आर्यहरु (आजका बाहुनक्षेत्री–कलमी) स“ग मित्र, बरुण, रुद्र आदि तीनवटा देउताहरुमात्र थिए, देवीहरु त थिदै थिएनन् । किनकि आर्य समाज पुरुषप्रधान थियो र छ । सिन्धुघा“टीको सभ्यतामा मात्र प्रथम देवी ‘मातृदेवी’ रहेको पुष्टि भएको छ । आज हिन्दूधर्ममा भएका देउता र देवीहरु विभिन्न आदिवासी जनजाति तथा अन्य जातिहरुबाट हिन्दूधर्मले विभिन्न कालखण्डमा लिएका हुन् । 


हिन्दूधर्ममा पहिले ‘लक्ष्मीपूजा’ गर्ने प्रचलन थिएन किनकि लक्ष्मी भन्ने देवी नै हिन्दूधर्ममा थिएन । भारतका प्रसिद्ध नृतत्व विद्वान गणेशकुमार पाठकले हिन्दूधर्ममा ‘लक्ष्मीपूजा’ गर्ने प्रचलन यक्ष (याक्खा) बाट आएको दावी गर्नुभएको छ । भारतबाट प्रकाशित हुने पत्रिका ‘डायमण्ड’ को दिसम्बर १९९६ को अङ्क ६९ मा विद्वान लेखक गणेशकुमार पाठकले ‘कब और कैसे शुरु हुई लक्ष्मीपूजा की परम्परा ?’ भन्ने लेखमा यसो भनेका छन्–“के मानिन्छ भने लक्ष्मी धन, धान्य एवं ऐश्वर्यकी अधिष्ठात्री हुन् भन्ने मान्यता यक्ष (याक्खा–कलमी) संस्कृतिकै देन हो । यो संस्कृति उत्तरी भारतमा विकसित भएको थियो । यस संस्कृतिमा ‘श्रीदेवी’ (लक्ष्मी–कलमी) धन, धान्य एवं ऐश्वर्यकी देवी थिइन् ।....कुबेर पनि यसै यक्ष–संस्कृतिकै देउता थियो, जो आज पनि धन र ऐश्वर्यको प्रतीक मानिन्छन् ।”


माथिको भनाइले यक्ष अर्थात् याक्खा संस्कृतिमा लक्ष्मीको प्रकल्पनाले याक्खाहरुले लक्ष्मीपूजाको दिन घरघर गई देखाउँदै आएको परम्परागत विशिष्ट नृत्य ‘डोकेनीलाकको मिथक’ एवं ‘साङदाङराङमा’(लक्ष्मीदेवी) याक्खाहरुकै संस्कृति भएको पुष्टि भएको छ । 

विभिन्न कारणले हराउँदै अनि सेलाउँदै गएको विशिष्ट याक्खा संस्कृति डोकेनीलाक धरानका याक्खाहरुले प्रत्येक सालको कात्र्तिक महिनाको कृष्णपक्ष अर्थात् औँसीमा (संयोगले हाल हिन्दूधर्मको लक्ष्मीपूजाको दिन) याक्खा घरहरुमा ओम्माङ्बास“गै नचाउन शुरु गरेका छन् र डोकेनीलाक संस्कृतिको संरक्षण र सम्वद्र्धनको अभियान शुरु गरी त्यसलाई निरन्तरता दिइरहेका छन् । पछिल्लो समयमा डोकनीलाकको विस्तार याक्खा उत्पत्तिस्थल संखुवासभा, धनकुटा, ईलाम, झापा, मोरङका याक्खा गाउँ–वस्ती–शहरहरुमा नाच्ने नचाइने परम्परा बढ्दै गइरहेका छन् । जुन याक्खा समुदायको लागि खुशीको कुरा हो । 

 


यसका साथै, धरानका याक्खा कलाकारहरुले परम्पराग डोकेनी लाकलाई परिशोधित गरेर ‘स्टेज शो’ पनि प्रदर्शन गर्दै आइरहेका छन् । डोकेनी लाकको मिथकलाई आत्मसात गर्दै परिशोधित नृत्यमा कलाकारहरुले अनुहारमा मुल्तानी माटो लगाई त्यसमा मिथकअनुसार कसैले नचिन्ने गरी अनुहारमा पेण्टिङ गर्दछन् र डोकोलाई फरियाको रुपमा लगाएर हातको मुद्राहरुले भष्मे फा“डेको, बा“झो खनेको, ब्यू“ छरेको, काटेको, झाटेको, ओसारेकोजस्ता कृषिजन्य तथा कपासबाट धागो कातेको, चर्का चलाएको, तान बुनेकोजस्ता कुटिर उद्योगजन्य अभिनयात्मक भावाभिव्यक्तिहरु गर्नुका साथै चेक्चीगुम  (मुर्चुङ्गा) र आङ्गुम  (बिनायो) बजाउ“दै नाच्ने गर्दछन्, जसलाई सबै दर्शकहरुले औँधी मन पराउँदै आएका छन् र जसले याक्खा संस्कृतिलाई अझ सम्वृद्ध, सबल र देशमै स्थापित गराउँदै लगेको छ ।


Tuesday, August 30, 2011

दशैँ आदिवासी किरातहरुको चाड होइन


  
हिन्दू पौराणिक कथाअनुसार देवतागणको विधान नमानेवापत वा देउता गणका मानिसहरुलाई दुःख दिएवापत ब्रम्हा, विष्णु र महेश्वर (हिन्दूकरण गरिएका किरातेश्वर.पारोहाङ) को त्रिशक्तिद्वारा निर्मित नवदुर्गा (शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री)ले असुर (अनार्य. आदिवासी) योद्धा महिषासुरलाई वध गरेको हँुदा देउता गणले विजयोत्सवको रुपमा ‘दशैँ’ चाड मनाउँदै आएको मानिन्छ । नवदुर्गाको आराधना गरी ‘दशौँ’ दिनमा ‘रावणको वध’ रामद्वारा गरिएको अर्को कथा पनि ‘दशैँ वा विजया दशमी’ को प्रसङ्गमा जोडिएको छ । अन्य पनि कथाकुथुङ्ग्रीहरु पनि जोड्ने गरिन्छ, दशैँमा । 

Thursday, August 25, 2011

कालिम्पोङमा प्रथम अखिल भारतीय याक्खा (देवान) भेला


गोपाल देवान, धरान
९८४२०३९४५१ 
semmangbis@gmail.com 


किरात याक्खाहरु नेपालका आदिवासी जनजाति हुन् । विगत ४ हजार वर्षदेखि किरात याक्खाहरु नेपालमा बसोबास गर्दै आएको कुरा इतिहास र नृवंशशास्त्रले बताउँदछ । विभिन्न कालखण्डमा तिब्बत र गंगातटसम्म राज्य चलाएका र विस्तार भएका याक्खाहरु श्रीलङ्कामा याक्खो जातिका रुपमा पनि राज्य संचालन गर्न पुगेका थिए । 

याक्खा सांस्कृतिक टोलीको दार्जिलिङ र सिक्किमको यात्रा

गोपाल देवान, धरान
९८४२०३९४५१ 
semmangbis@gmail.com


      याक्खा भाषा र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यअनुसार विभिन्न कारणवश भारतका दार्जिलिङ तथा सिक्किमका याक्खाहरुसँग सम्बन्ध गाँस्ने र त्यहाँसम्म याक्खा सांस्कृतिक पक्षहरु पु¥याउने कार्य किरात याक्खा छुम्मा, सुनसरी र याक्खा सांस्कृतिक उत्थान मञ्च, सुनसरी, धरानको संयुक्त पहलमा गत २०६० साल चैत्रमा सम्पन्न भएको थियो । यस सानो लेखमा सृतिस्वरुप सोही दार्जिलिङ, कालिम्पोङ, खार्साङ र सिक्किममा धराने याक्खा कलाकारहरुले सम्पन्न गरेको सांस्कृतिक यात्राबारे सङक्षेपमा वर्णन गरिएको छ ।

Tuesday, August 23, 2011

याक्खा जातिका केही बाजा र नृत्यहरु

गोपाल देवान, धरान
९८४२०३९४५१ 
semmangbis@gmail.com


याक्खा जाति मौलिक संस्कृतिमा धनी जाति हो भन्ने कुरा यस जातिमा पाइने डोकेनी लाक, केइलाक, तेन्ताम्मा, पिसिक आप्मालगायत अन्य विविध सांस्कृतिक पक्षहरुबाट स्पष्ट हुन्छ । स्वभावले नै आदिवासी जनजाति नाचगान प्रिय हुन्छन । यसबाट आदिवासी जनजातिहरुमा सांस्कृतिक विविधता र विरासत पनि थपिदै जान्छ । कुनै पनि जातिको सांस्कृतिक सम्पदा वा विरासतको कुरा गर्दा उनीहरुको बाजागाजा, गीत, नृत्य आदिको कुरा आउँछ अर्थात् यी कुराहरु सांस्कृतिक सम्पदाका दृष्टान्त हुन् ।  

मर्चाको आविष्कारबारे याक्खा मिथक


गोपाल देवान, धरान
   ९८४२०३९४५१
semmangbis@gmail.com 


याक्खा जातिमा खावा (मर्चा)को ठूलो महत्व छ । विभिन्न पूजाआजा तथा पवित्र कार्यमा खावा (मर्चा) अनिवार्य रुपमा चाहिन्छ । खावा (मर्चा) मा वैज्ञानिक रुपमा औषधीय र एण्टिबायोटिक गुण हुन्छ । त्यसैले, हरेक एलोपैथिक औषधिमा केही प्रतिशत ‘अल्कोहल’ अर्थात् मर्चायुक्त रक्सी हुन्छ । छ महिने जाँडमा कीटाणु मार्न सक्ने एण्टिबायोटिक गुण हुने कुरा वैभानिक सत्य हो ।

Sunday, August 21, 2011

तेन्ताम्मा (वृहद् गाउँपूजा, भूमेपूजा)


गोपाल देवान, धरान
    ९८४२०३९४५१ 
     semmangbis@gmail.com


याक्खा जातिका आफ्नै छुट्टै मौलिक धार्मिक–सांस्कृतिक पक्षहरुमध्ये याक्खाद्वारा परापूर्व कालदेखि मनाउँदै आएको सांस्कृतिक पक्ष तेन्ताम्मा पनि हो । यो पूजा पनि याक्खा समुदायले गर्ने प्रकृतिपूजाको एक रुप हो । विशेष गरी यो पूजा गाउँको शीर उठाउन आयोजना गरिने ‘बृहद् गाउँपूजा’ हो । यस पूजालाई ‘भूमेपूजा’ र ‘धुल पूजा’पनि भन्ने गरिन्छ ।