Tuesday, August 30, 2011

दशैँ आदिवासी किरातहरुको चाड होइन


  
हिन्दू पौराणिक कथाअनुसार देवतागणको विधान नमानेवापत वा देउता गणका मानिसहरुलाई दुःख दिएवापत ब्रम्हा, विष्णु र महेश्वर (हिन्दूकरण गरिएका किरातेश्वर.पारोहाङ) को त्रिशक्तिद्वारा निर्मित नवदुर्गा (शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री)ले असुर (अनार्य. आदिवासी) योद्धा महिषासुरलाई वध गरेको हँुदा देउता गणले विजयोत्सवको रुपमा ‘दशैँ’ चाड मनाउँदै आएको मानिन्छ । नवदुर्गाको आराधना गरी ‘दशौँ’ दिनमा ‘रावणको वध’ रामद्वारा गरिएको अर्को कथा पनि ‘दशैँ वा विजया दशमी’ को प्रसङ्गमा जोडिएको छ । अन्य पनि कथाकुथुङ्ग्रीहरु पनि जोड्ने गरिन्छ, दशैँमा । 

Thursday, August 25, 2011

कालिम्पोङमा प्रथम अखिल भारतीय याक्खा (देवान) भेला


गोपाल देवान, धरान
९८४२०३९४५१ 
semmangbis@gmail.com 


किरात याक्खाहरु नेपालका आदिवासी जनजाति हुन् । विगत ४ हजार वर्षदेखि किरात याक्खाहरु नेपालमा बसोबास गर्दै आएको कुरा इतिहास र नृवंशशास्त्रले बताउँदछ । विभिन्न कालखण्डमा तिब्बत र गंगातटसम्म राज्य चलाएका र विस्तार भएका याक्खाहरु श्रीलङ्कामा याक्खो जातिका रुपमा पनि राज्य संचालन गर्न पुगेका थिए । 

याक्खा सांस्कृतिक टोलीको दार्जिलिङ र सिक्किमको यात्रा

गोपाल देवान, धरान
९८४२०३९४५१ 
semmangbis@gmail.com


      याक्खा भाषा र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यअनुसार विभिन्न कारणवश भारतका दार्जिलिङ तथा सिक्किमका याक्खाहरुसँग सम्बन्ध गाँस्ने र त्यहाँसम्म याक्खा सांस्कृतिक पक्षहरु पु¥याउने कार्य किरात याक्खा छुम्मा, सुनसरी र याक्खा सांस्कृतिक उत्थान मञ्च, सुनसरी, धरानको संयुक्त पहलमा गत २०६० साल चैत्रमा सम्पन्न भएको थियो । यस सानो लेखमा सृतिस्वरुप सोही दार्जिलिङ, कालिम्पोङ, खार्साङ र सिक्किममा धराने याक्खा कलाकारहरुले सम्पन्न गरेको सांस्कृतिक यात्राबारे सङक्षेपमा वर्णन गरिएको छ ।

Tuesday, August 23, 2011

याक्खा जातिका केही बाजा र नृत्यहरु

गोपाल देवान, धरान
९८४२०३९४५१ 
semmangbis@gmail.com


याक्खा जाति मौलिक संस्कृतिमा धनी जाति हो भन्ने कुरा यस जातिमा पाइने डोकेनी लाक, केइलाक, तेन्ताम्मा, पिसिक आप्मालगायत अन्य विविध सांस्कृतिक पक्षहरुबाट स्पष्ट हुन्छ । स्वभावले नै आदिवासी जनजाति नाचगान प्रिय हुन्छन । यसबाट आदिवासी जनजातिहरुमा सांस्कृतिक विविधता र विरासत पनि थपिदै जान्छ । कुनै पनि जातिको सांस्कृतिक सम्पदा वा विरासतको कुरा गर्दा उनीहरुको बाजागाजा, गीत, नृत्य आदिको कुरा आउँछ अर्थात् यी कुराहरु सांस्कृतिक सम्पदाका दृष्टान्त हुन् ।  

मर्चाको आविष्कारबारे याक्खा मिथक


गोपाल देवान, धरान
   ९८४२०३९४५१
semmangbis@gmail.com 


याक्खा जातिमा खावा (मर्चा)को ठूलो महत्व छ । विभिन्न पूजाआजा तथा पवित्र कार्यमा खावा (मर्चा) अनिवार्य रुपमा चाहिन्छ । खावा (मर्चा) मा वैज्ञानिक रुपमा औषधीय र एण्टिबायोटिक गुण हुन्छ । त्यसैले, हरेक एलोपैथिक औषधिमा केही प्रतिशत ‘अल्कोहल’ अर्थात् मर्चायुक्त रक्सी हुन्छ । छ महिने जाँडमा कीटाणु मार्न सक्ने एण्टिबायोटिक गुण हुने कुरा वैभानिक सत्य हो ।

Sunday, August 21, 2011

तेन्ताम्मा (वृहद् गाउँपूजा, भूमेपूजा)


गोपाल देवान, धरान
    ९८४२०३९४५१ 
     semmangbis@gmail.com


याक्खा जातिका आफ्नै छुट्टै मौलिक धार्मिक–सांस्कृतिक पक्षहरुमध्ये याक्खाद्वारा परापूर्व कालदेखि मनाउँदै आएको सांस्कृतिक पक्ष तेन्ताम्मा पनि हो । यो पूजा पनि याक्खा समुदायले गर्ने प्रकृतिपूजाको एक रुप हो । विशेष गरी यो पूजा गाउँको शीर उठाउन आयोजना गरिने ‘बृहद् गाउँपूजा’ हो । यस पूजालाई ‘भूमेपूजा’ र ‘धुल पूजा’पनि भन्ने गरिन्छ ।

Saturday, August 20, 2011

पिसिक आप्मा

गोपाल देवान, धरान
९८४२०३९४५१
semmangbis@gmail.com

चासुवा पूजा–२०६७ मा आयोजित पिसिक आप्मा प्रतियोगितामा आफनो निशाना साँध्दै
किरात याक्खा विद्यार्थी संघ, सुनसरीका अध्यक्ष खुमानसिं तुम्याङ । 
विश्वभरिका आदिवासी जनजाति समुदायमा आपसमा मिल्ने चार वटा कुराहरु मैले पाएको छु । ती चार कुराहरु हुन ः छालाको बाजा, सामूहिक नृत्य, रक्सीको प्रयोग र हतियारमा तीर–धनु । छालाको बाजा र तीर–धनुले आदिवासी जनजाति समुदायको शिकारी चरित्र वा मानव विकास क्रमको अवस्था जाहेर गर्दछ । रक्सीको प्रयोग औषधीय तथा सूरवीरताको सहायकको रुपमा भएको पाइन्छ भने सामुहिक नृत्यले आदिवासीको सामुहिक भावनाको प्रतिनिधित्व वा उद्बोधन गर्ने काम गर्दछ । सामुहिक नृत्यले शिकार प्राप्तिको खुशी पनि व्यक्त गर्दछ । भोकले प्याकप्याक्ती भएर खानाको प्रतीक्षा गरिरहेका आदिवासी समुदायका अगाडि तीर–धनुको सहाराले कयौ दिनपछि शिकार मारेर ल्याउ“दा स्वभाविक रुपमा शिकारवरिपरि उफ्रिने र खुशी व्यक्त गर्ने प्रक्रिया नै पछि गएर नृत्य बन्न पुगेको अनुमान गर्न सकिन्छ । त्यस्तै, शिकारको छालाबाटै बाजा बनाउने पहिलो प्रविधिको विकास भएको हुन सक्छ ।